कालीकोट — सान्नी त्रिवेणी गाउँपालिका–४ उजेलगाउँका एक प्रधानाध्यापक मृत अवस्थामा फेला परेका छन्।
शान्ति आधारभूत विद्यालयका ५४ वर्षीय प्रधानाध्यापक कृष्णबहादुर शाहीको शव शनिबार बिहान बेलुपाटा बजार नजिकै फेला परेको हो।
शुक्रबार बेलुका बेलुपाटा बजार गएका शाही राति अबेरसम्म घर नफर्केपछि परिवारले प्रहरीलाई खबर गरेका थिए। खोजी गर्दा शनिबार बिहान उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।
शाहीको मृत्युले उजेलगाउँ शोकमा डुबेको छ। स्थानीय स्तरमा मन पराइएका र विद्यालयमा नियमित सक्रियता देखाउने प्रधानाध्यापक शाहीको असमायिक निधनले गाउँलेहरू स्तब्ध भएका छन्।
घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

दियो खबर । ६ बैशाख २०८२, शनिबार २०:१३