कालिकोट/देशभर राजनीतिक दलप्रति वितृष्णा बढिरहेको बेलामा कालिकोटमा भने नेकपा (एकीकृत समाजवादी)को लोकप्रियता चुलिएको छ ।
स्थानीय तहदेखि केन्द्रसम्म युवा, इमानदार र निस्कलंकित नेतृत्वका कारण समाजवादीप्रति आकर्षण बढेको हो । पूर्व एमालेका सचिव तथा दुई कार्यकाल निर्वाचित चित्रसिंह गाउँले पार्टीको जिल्ला अध्यक्ष बनेपछि एमाले पंक्ति समाजवादीमा ढल्किएको छ ।
२०७४ को निर्वाचनमा माओवादीसँग गठबन्धन नभएको भए गाउँलेले प्रदेश (क) मा सहज जित्ने अवस्था रहेको स्मरण गरिएको छ । त्यसपछिका निर्वाचनमा गठबन्धन र पार्टी एकताले पेलिए पनि गाउँले अहिलेको अधिवेशनबाट नेतृत्वमा फर्किएसँगै समाजवादीमा युवाहरुको उल्लेख्य आकर्षण देखिएको छ ।
अध्यक्ष गाउँलेका अनुसार सदरमुकाम मात्र होइन, विकट बस्तीसम्म समाजवादीप्रति समर्थन बढ्दो छ । डेढ महिनाको अभियानमा मात्र १,८३७ जना विभिन्न दल परित्याग गरी समाजवादीमा प्रवेश गरिसकेको सचिव कृष्णकला पाण्डेले बताइन् ।
पार्टी विस्तारमा केन्द्रीय सदस्य तुलाराज सिम्खाडा, विश्वराज वम, विजया विष्ट, प्रदेश सचिव धिरबहादुर बिष्ट, नगरप्रमुख कमल शाही, रास्कोटका उपप्रमुख मनिराज वराल लगायतको सक्रियता प्रभावकारी बनेको छ ।
जिल्ला उपाध्यक्षमा चन्द्रबहादुर शाही, सचिवमा कृष्णकला पाण्डे, उपसचिवमा रत्न मल्ल, मनसिंह धामी र धिरबहादुर शाही चयन भएका छन् ।
संविधानसभा सदस्य तुलाराज विष्टको अभिभावकत्वमा समाजवादी परिपक्व नेताको थलो बन्दै गएको देखिन्छ । युवाको आकर्षणले समाजवादीको उचाइ बढ्दै गएको तथा ठूला दलको लोकप्रियता घट्दै गएको संकेत पनि देखिएको छ ।
पालिका तहसम्मको कमिटी परिचालन प्रभावकारी ढंगले गर्न सके पार्टी झन बलियो हुने विश्वास गरिएको छ ।

दियो खबर । ४ बैशाख २०८२, बिहीबार ११:२४