कालिकोट — नेकपा (एकीकृत समाजवादी)को १०औं जिल्ला अधिवेशनमा शुभकामना दिन कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका सह–इन्चार्ज महेन्द्र वहादुर शाही रास्कोट पुगेका छन्।
समाजवादीले जिल्लामा क्रियाशील राजनीतिक दलहरूलाई अधिवेशनमा सहभागी भई शुभकामना दिनका लागि औपचारिक निमन्त्रणा पठाएको थियो। सोही अनुरूप माओवादी केन्द्रका शीर्ष नेताहरूको उपस्थिति पारस्परिक सम्मान, सहकार्य र समाजवादी मोर्चाको एकता सन्देशको रूपमा हेरिएको छ।
पूर्व मुख्यमन्त्री शाहीले अधिवेशनमा समसामयिक राजनीति, कर्णालीको विकास र वामपन्थी मोर्चाबीचको सहकार्यबारे धारणा राख्ने कार्यक्रम तय भएको छ।

दियो खबर । २९ चैत्र २०८१, शनिबार १२:२२