अपडेट

अध्यक्ष नेपाल पहिलोपटक रास्कोटमा, भव्य स्वागत

कालिकोट — नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल आज पहिलोपटक रास्कोटको आरसीपी बजार पुगेका छन्। उहाँलाई नेता, कार्यकर्ता, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणले फूलमाला र अबिर लगाएर भव्य स्वागत गरेका हुन्।

अध्यक्ष नेपाल पार्टीको १०औं जिल्ला अधिवेशन उद्घाटन गर्न रास्कोट आइपुगेका हुन्। केहीबेरमै अधिवेशनको उद्घाटन समारोहमा अध्यक्ष नेपालले रास्कोटवासी जनतालाई सम्बोधन गर्ने कार्यक्रम छ।

एकीकृत समाजवादीका अनुसार अधिवेशनको बन्दसत्र भने भोलि संचालन हुनेछ।

तपाईको प्रतिक्रिया