अपडेट

महाबैमा निःशुल्क आँखा उपचार शिविर सुरू,दर्जनौंले लाभ लिने अपेक्षा

कालीकोट — महाबै गाउँपालिका–२, ओदानकुमा ३९औं शल्यक्रियात्मक आँखा उपचार शिविर सुरू भएको छ।

महाबै गाउँपालिकाको आयोजनामा, द ओदा फाउन्डेसनको व्यवस्थापन, नेपाल नेत्रज्योति संघ जिल्ला आँखा अस्पताल कालीकोटको समन्वय, आई केयर फाउन्डेसनको आर्थिक सहयोग तथा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा दुई दिने निःशुल्क आँखा उपचार शिविर सञ्चालनमा आएको हो।

शिविरको उद्घाटन गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले गरेका हुन्। उनले आँखाका कारण समस्या भोगिरहेका नागरिकको दृष्टि फर्काउन शिविर आयोजना गरिएको जानकारी दिए।

शल्यक्रिया गराइने बिरामीका लागि खानपान र आवासको व्यवस्था द ओदा फाउन्डेसनले गरेको अध्यक्ष सिंहले बताए। शिविर भोलिसम्म सञ्चालन हुनेछ।

तपाईको प्रतिक्रिया