कालिकोट/अछाम जिल्लाको बाटुलासेन क्षेत्रलाई केन्द्रबिन्दु बनाएर आज बिहान ६ः३३ बजे भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्पको धक्का कालिकोटसहित सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा स्पष्ट रूपमा महसुस गरिएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको परिमाण ४.१ रिक्टर स्केल मापन गरिएको छ।
कालिकोटको नरहरिनाथ गाउँपालिका क्षेत्रमा समेत जमिन हल्लिएको अनुभव गरिएको छ। नरहरिनाथ गाउँपालिका प्रवक्ता तथा वडा नं ९ का वडाध्यक्ष प्रदिप बोहोराले भूकम्पको धक्का नरहरिनाथ क्षेत्रमा स्पष्ट रूपमा महसुस गरिएको जानकारी दिनुभयो।
“भूकम्पको धक्का केही सेकेन्ड मात्रै भए पनि स्थानीयहरू त्रसित बनेका छन्,” अध्यक्ष बोहोराले बताउनुभयो। अहिलेसम्म मानवीय तथा भौतिक क्षतिको विवरण नआएको र स्थानीय सुरक्षाकर्मी तथा सम्बन्धित निकायहरू थप जानकारी संकलनमा खटिएको उहाँले जानकारी दिनुभयो।भूकम्पको थप विवरण आउन बाँकी छ।
दियो खबर । ४ चैत्र २०८१, मंगलवार ०७:१८