“सबैको नजर बसेपछी
दिल बस्छ साईली
अपसोच
मेरो त दिल बसे पछि
नजर बसेको हो तिमिसंग ,
बिहीवारे हटियामा भेटेरै
दिएका थियौ तिमिले
आफ्नै हातले बुनेको
गलबन्दी र एक टुक्रा कागज
जहाँ भरिएका थिए
तिम्रो निस्चल प्रेम ,
बनाउन नआएपछि
पानपाते बुट्टा ,
भनेकी थियौ
म चित्रकार होइन
म प्रेमिका हु
बस तिमिलाई प्रेम गर्छु
याद छ नि साईलि
,मलाई परिस्थितिले
केही दुर बनाउदै गर्दा
कोरेकी थियौ जबर्जस्त
एउटा पत्र
जहाँ छापेकि थियौ पुरै पाना भरी
आफ्नै पानपाते ओठको
लिपिस्टिक वाला बुट्टा
र भनेकी थियौ यहि हो
हाम्रो मायाको निशानी ,
प्रिय साईली,
प्रेमको मौसम आईरहन्छ
तिम्रो यादले सताईरहन्छ
अनि खोल्छु , बन्द बाकस
र पल्टाउछु तिम्रो पत्र
मलाई हरेक दिन १४फेब्रुअरी लाग्छ
भगवान यो सपना हो
झुट भैइदियोस
झिसमिसे बिहानिमा
देखेछु सपनि र ब्युझेछु
तिमिसंगै रमाउदै
गन्दागन्दै आकाशको तारा
एक्कासि भुँई झर्यो
मन चसक्क भो साईली
कतै हाम्रो प्रेमको फुल
पनि यसैगरी भुई झर्ने त होइन ?
कवि-रामशरण लामिछाने इतिहास नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नम्बर ०५
हाल कालिकोट
कविता – पहिलो प्रेम
तपाईको प्रतिक्रिया
दियो खबर । १ पुष २०७७, बुधबार ११:०३