राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ कर्णालीको अध्यक्षमा राना

सुर्खेत/राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ कर्णाली प्रदेशको दोस्रो अधिवेशनबाट अमर राना अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्। अधिवेशनले ३७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

नयाँ नेतृत्वमा उपाध्यक्षमा कृष्ण कुमार बिष्ट, महिला उपाध्यक्षमा जय कुमारी खड्का, सचिवमा मिन बहादुर बुढा, उपसचिवमा दीपक रावत तथा महिला उपसचिवमा लालमति बिक चयन भएका छन्।

निर्वाचनपछि अध्यक्ष अमर रानाले स्वास्थ्यकर्मीहरूको हकहितका लागि महासंघ अझ सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले स्वास्थ्य सेवा सुधारका लागि नीति निर्माण तहमा महासंघको भूमिका अझ प्रभावकारी बनाइने बताए।

सदस्य शंकर प्रसाद वरालले नव निर्वाचित समितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले स्वास्थ्यकर्मीहरूको हकअधिकार सुनिश्चित गर्न महासंघको नेतृत्व दृढ भएर अघि बढ्नुपर्नेमा जोड दिए।

अधिवेशनले स्वास्थ्यकर्मीहरूको सेवा सुविधा सुधार, पेशागत सुरक्षाका मुद्दा सम्बोधन तथा नीतिगत सुधारका लागि महासंघलाई अझ सक्रिय बनाउन विभिन्न प्रस्तावहरू पारित गरेको छ। नयाँ नेतृत्वले ती प्रस्ताव कार्यान्वयन गर्दै महासंघलाई थप बलियो बनाउने प्रतिबद्धता जनाएको छ।

तपाईको प्रतिक्रिया