खाँडाचक्र नगर कमिटी र प्रदेश‘क’को अधिवेशनलाई सम्बोधन गर्न वरिष्ठ उपाध्यक्ष पाण्डे कालिकोट आउँदै

कालिकोट / नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) खाँडाचक्र नगर कमिटी र प्रदेश ‘क’ को अधिवेशन भोलि, चैत ३ गते बिहान ११ बजे खाँडाचक्रमा हुने भएको छ। उक्त अधिवेशनलाई सम्बोधन गर्न नेकपा (एस) का वरिष्ठ उपाध्यक्ष एवं वाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे कालिकोट आउँदै छन्।

पाण्डेसँगै नेकपा (एस) का पार्टी सचिव तथा कर्णाली प्रदेश इन्चार्ज एवं कर्णाली प्रदेशका पूर्व कृषि मन्त्री चन्द्र बहादुर शाही, नेकपा (एस) कर्णालीका वरिष्ठ नेता तथा संविधान सभा सदस्य तुलाराज विष्ट ,नेकपा (एस) कर्णाली प्रदेशका अध्यक्ष ठगेन्द्र पुरी, सचिव धिर बहादुर विष्ट, जिल्ला इन्चार्ज तुलाराज सिम्खडा,जिल्ला सह-इन्चार्ज विजया विष्ट,जिल्ला अध्यक्ष चित्रसिंह गाउँले लगायत नेताहरूले अधिवेशनलाई सम्बोधन गर्नेछन्।

नेकपा (एस) कालिकोटका उपाध्यक्ष तथा खाँडाचक्र नगरपालिकाका नगरप्रमुख कमल बहादुर शाहीका अनुसार अधिवेशनमा पार्टीका नेता, कार्यकर्ता तथा स्थानीय बासिन्दाको भव्य सहभागिता रहनेछ। उनका अनुसार यस अधिवेशनले संगठनलाई थप सशक्त बनाउने र आगामी रणनीति तय गर्ने महत्वपूर्ण अवसर सिर्जना गर्नेछ। साथै, पार्टीका शीर्ष नेताहरूको उपस्थितिले कार्यकर्तामा नयाँ उत्साह थप्ने विश्वास लिइएको छ।

तपाईको प्रतिक्रिया