पञ्चदेव माध्यमिक बिद्यालयको ४६ औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । कालिकोटको जिल्लाको खाँडाचक्र नगरपालिका ०१ मा रहेको साविक कर्णाली अञ्चल कै पहिलो उच्च माध्यमिक बिद्यालय को बार्षिक उत्सव तथा अभिभाबक भेला सम्पन्न भएको हो ।
बिद्यालय ब्यबस्थापन समितिका कार्यबहाक अध्यक्ष नहकुल शाहीको अध्यक्षता , पुर्ब जि बि स सभापति एब नेपाली कांग्रेसका नेता हर्श बहादुर शाहीको प्रमुख आथित्यता , खाँडाचक्र नगरपालिकाका नि बर्तमान प्रमुख एब नेकपा एमालेका प्रदेश कमिटि सदस्य जशि प्रसाद पाण्डेको र खाँडाचक्र नगरपालिका वडा नः १ का वडा अध्यक्ष धर्मराज ताम्राकारको बिशेष आथित्यता वडा नः २ का वडा अध्यक्ष कबिन्द्र बहादुर शाही ,अन्य बिभिन्न शैक्षिक सरोकारवाला तथा अभिभावकहरूको उपस्थितिमा आईतबर एक कार्यक्रमको आयोजना गरि बिद्यालयको बार्षिक उत्सव तथा अबिभाबक भेला सम्पन्न गरिएको बिद्यालयका प्राधानाध्यापक चन्द्र प्रसाद कोईरेलाले जानकारी दिए ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला विकास समिति कालिकोटका पुर्व सभापति तथा जेष्ठ नागरिक हर्ष बहादुर शाहिले शिक्षाको गुणस्तरमा बृद्धि गर्न शिक्षक, अभिभावक र सरोकारवाला निकायको अहम् भूमिका खेल्नु पर्ने बताए । शिक्षामा पहिलेको भन्दा अहिले कहि फरक रहेको र अँझै बदलिँदो परिबेश संग जान नसकेको बदलिँदो परिबेशमा जानका लागि अभिभावक देखि बिद्यालय प्रशासन तथा स्थानीय सरकारको सम्बन्ध प्रगाढ हुने पर्ने बताएका हुन।
कार्यक्रममा बोल्दै निबर्तमान नगर प्रमुख जशि प्रसाद पाण्डेले कर्णाली प्रदेश सरकारका प्रथम मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले आफ्नो सिफारिसमा बिद्यालयको कर्मचारी भवन ,नमुना भवन ,प्राबिधिक भवन निर्माणमा सहयोग गरेकाले उहालाई धन्यबाद समेत दिनुभयो । उहाले थप्दै भन्नुभयो । पञ्चदेब माध्यामिक बिद्यालयको थप समग्र बिकासका लागि आफु जहिले तयार रहेको बताए ।
सोहि अवसरमा बर्ष उत्कृष्ट शिक्षकका रुपमा शिक्षक बिरेन्द्र चौधरि लगायत बर्ष उत्कृष्ट अनुशासित बिद्यार्थी, बर्ष भरिकै नियमित बिद्यार्थी, २०८० को बार्षिक परीक्षा अन्तर्गत कक्षागत प्रथम, द्धितृय र तृतिय हुने विद्यार्थी र बर्षभरिका अतिरिक्त क्रियाकलापमा सहभागी विद्यार्थीहरुलाई समेत पुरस्कार प्रदान गर्नुका साथै मा आउनुभएका नवआगन्तुक शिक्षक बिद्यालय ब्यवस्थापन समितिद्धारा स्वागत समेत गरिएको थियो ।
उक्त कार्यक्रममा प्रधानाध्यापक चन्द्र प्रसाद कोईरालाले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै विद्यालयको शैक्षिक, भौतिक, व्यवस्थापकीय पक्षमा अझै सुधार गर्दै लैजाने भावी योजना समेत अभिभावकहरु माझ प्रस्तुत गर्नुभएको थियो ।
अभिभावकहरुको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रममा विद्यार्थीहरुले आफ्ना विभिन्न किसिमका प्रतिभा समेत देखाएका थिए भने कार्यक्रमको संचालन शिक्षक हरि बहादुर शाहीले गर्नुभएको थियो ।
दियो खबर । १३ फाल्गुन २०८१, मंगलवार ११:४१