टोकियो /नेकपा (एकीकृत समाजवादी)को प्रवास संगठन प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय कमिटीले प्रवासमा नयाँ जिम्मेवारी पाएका नेताहरूलाई स्वागत गरेको छ।
एकीकृत समाजवादीले प्रवासलाई विशेष प्रदेश कमिटी सरहको मान्यता दिएको छ। अनलाइन भर्चुअल माध्यमबाट आयोजित कार्यक्रममा स्थायी कमिटी सदस्य तथा प्रवास इन्चार्ज श्रीप्रसाद शाह र पोलिटब्युरो सदस्य तथा सह-इन्चार्ज गौतम राईलाई स्वागत गरिएको थियो।
त्यसैगरी, केन्द्रीय सदस्य तथा अमेरिका-क्यानडाका इन्चार्ज तुल बहादुर गुरुङ, पूर्व एसियाका इन्चार्ज दोर्ण सिलवाल, तथा केन्द्रीय निर्वाचन आयोग सदस्य एवं युरोप इन्चार्ज सुवास पोखरेललाई पनि स्वागत गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै इन्चार्ज शाहले प्रवासका नेताहरूले प्रवासी परिस्थितिलाई ध्यानमा राखी संगठन निर्माणमा सक्रिय भूमिका खेल्ने बताए। सचिव नरेश श्रेष्ठका अनुसार, कार्यक्रममा नयाँ जिम्मेवारी पाएका नेताहरूलाई स्वागत गर्दै परिचयात्मक सत्र आयोजना गरिएको थियो भने आगामी कार्ययोजनाबारे छलफलसमेत भएको थियो।
दियो खबर । १९ माघ २०८१, शनिबार ११:१०