अपडेट

कालीकोटका ९ हजार २३८ किशोरीलाई दिइॅंदै एचपिभी खोप

सुर्खेत/कालीकोट जिल्लामा रहेका ९ हजार २ सय ३८ किशोरीलाई पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपीभी खोप लगाइने भएको छ । सोमबार स्वास्थ्य सेवा कार्यालय कालीकोटले आयोजना गरेको जिल्ला खोप समन्वय समिति र संचारक्षेत्रको अभिमुखिकरण कार्यक्रममा तीन चरणमा खोप संचालन गरिएको बताइएको छ । पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप कक्षा ६ देखि १० सम्मका बिद्यालय जाने छात्रा र १० बर्ष देखि १४ बर्ष उमेर समुहका बिद्यालय नजाने छात्राहरुलाई लगाइने भएको छ ।

Talika.jpg

९ हजार ८६ बिद्यालय जाने र १ सय ५२ बिद्यालय नजाने उमेर समुहका छात्रालाई पहिलो पटक एचपिभी खोप लगाउने तयारी छ । पहिलो चरण अन्तरर्गत माघ २२ गते देखि २४ गते सम्म रास्कोट नगरपालिका, पलाँता, पचालझरना र सान्नीत्रिणेणी गाउँपालिकामा एचपिभी खोप अभियान संचालन हुने छ । दोस्रो चरण माघ २७ गते देखि २९ गते सम्म खाँडाचक्र नगरपालिका, नरहरीनाथ गाउँपालिका र शुभकालीका गाउँपालिकामा खोप संचालन हुने छ । त्यस्तै तेस्रो चरणमा तिलागुफा नगरपालिका र महाबै गाउँपालिकामा फाल्गुण ४ गते देखि ६ गते सम्म खोप संचालन हुने बताइएको छ । खोप कार्यक्रम संचालनका लागि १ सय ५२ स्वास्थ्य कर्मी र ३ सय ४ जना स्वयमसेवक खट्ने भएका छन् । जिल्लाका १ सय ५२ वटा खोप केन्द्र रहने छन् ।

खोप समन्वय समिति अध्यक्ष तथा समन्वय अधिकारी जनक शर्मा, खाँडाचक्र नगरपालिका उपप्रमुख गणेश बहादुर शाही, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, स्वास्थ्य सेवा ब्यवस्थापक प्रमुख डा.भिष्म पोखरेल,स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटक महत, सुरक्षा निकायका प्रमुख, पत्रकार, नागरिक समाज लगायतको सहभागीतामा हरेको महतले वताए।

तपाईको प्रतिक्रिया