गजल-इतिहास लामिछाने

यता तिर उदाश छु, सानीले भन्दै थिई
एक्लै मलाइ छोडेर, जानिले भन्दै थिई ।

लेखेर पठाउनेछु चिट्ठी दिने भा ठेगाना
पहिलो भेटमै दिलचोरी,लानिले भन्दै थिई ।

तिमि बिना मलाई शुन्य लाग्छ जिबन
सम्झेर यो मन मुटु, खानीले भन्दै थिई।

छिट्टै आउनु है लिन जुराएर लगनगाँठो
बस्छु ओडी घुम्टो दिलको,रानीले भन्दै थिई ।
रामशरण लामिछाने “इतिहास ”
हाल कालिकोट

तपाईको प्रतिक्रिया