सुर्खेत/ सुदुरपश्चिम प्रदेशको बाजुरा जिल्लामा केन्द्रबिन्दु भएर शनिबार बिहान भूकम्प गएको छ। जिल्लाको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु भएर शनिबार बिहान ४: १४ बजे ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पको धक्का सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका विभिन्न जिल्लामा महसुस भएको जानकारी प्राप्त भएको छ।
भुकम्प वाट केहि पनि क्षति भएको छैन्।

दियो खबर । ६ पुष २०८१, शनिबार ०६:३४