सत्तारुढ नेकपामा केहीअघि देखिएको किचलो फेरि बल्झिने दिशामा अघि बढेको छ । खासगरी पार्टी उपाध्यक्ष वामदेव गौतमले फागुन १४ गतेको सचिवालय बैठकको निर्णय कार्यान्वयन गर्न दबाब दिएपछि प्रधानमन्त्री केपी ओली निकै सकसमा परेका छन् ।
प्रधानमन्त्री ओलीले तीन दिनअघि एक अन्तर्वार्तामा उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा लैजाने च्याप्टर क्लोज्ड भइसकेको बताएका थिए । त्यसकै पर्सिपल्ट गौतमले आफूलाई राष्ट्रिय सभामा लैजान र मन्त्री बनाउन माग गरेपछि प्रधानमन्त्री अप्ठेरोमा परेका हुन् ।
उनी आफ्ना विश्वासपात्र डा.युवराज खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिन चाहन्थे । उनलाई पुनः राष्ट्रिय सभाको सदस्य मनोनीत गर्ने पक्षमा थिए । तर, सोमबार नेता र्गौतमले बालुवाटारमै गएर प्रधानमन्त्रीलाई आफ्नो स्पष्ट सन्देश सुनाइसकेका छन् । यदि गौतमलाई सांसद र मन्त्री नबनाए ओलीकै पद सुनिश्चित नहुने हो कि भन्ने चिन्ता उनका समर्थकमा देखिएको छ ।
स्रोतका अनुसार नेकपा उपाध्यक्ष गौतम बरिष्ठ उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारीमा लैजाने प्रस्ताव १८ भदौको नेकपा सचिवालय बैठकमा राखिने भएको छ । गौतमको सोमबार आएको धारणाले राजनीति यही गतिमा बढेको संकेत गरेको छ ।
यदि गौतम अर्थमन्त्री बने भने अहिलेका अर्थमन्त्री खतिवडा सरकारबाट बाहिरिने निश्चित छ । तर, प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई श्रीमती तुलसा थापालाई मन्त्री बनाउने आश्वासन दिएर फकाइरहेको बुझिएको छ । त्यसैले अहिले नै यही हुन्छ भन्न सकिने अवस्था भने छैन ।
बामदेब गौतमले गरे युबराजलाई तनाब
तपाईको प्रतिक्रिया

दियो खबर । १६ भाद्र २०७७, मंगलवार ०९:३५