टोकियो / तनहुँ जिल्लामा जन्मिएका सिग्देल लामो समयदेखि जापानको फ़ुकुओकालाई कर्मथलो बनाउँदै आएका गायक एंव सर्जक माधव सिग्देलको नयाँ गीत सार्वजनिक भएको छ । सिग्देलको आफ्नै अफिसियल युट्युब च्यानलमार्फत ‘भाग्यमानी’ बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ।
अर्जुन सुवेदीको शब्द, सूर्य खड्काको लयमा रहेको गीतमा माधव सिग्देल र कल्पना दाहालको आवाज रहेको छ । विनोद बाजुरालीले एरेन्ज गरेको उक्त गीतमा जीवन कुमार ज्ञवालीले भिडियो निर्देशन गरेका छन् । भिडिओ छायांकन दुर्गा पौडेल र सम्पादन नवीन घर्ती मगरले गरेका हुन् । गीतको भिडियोमा लोमस शर्मा र अस्मिता रनपालको अभिनय देख्न सकिन्छ ।
गायक सिग्देल तनहुँ किहुँ वारिकोटमा जन्मिएका हुन् । आफू जुन ठाउँमा जन्मियो त्यहीँको माया अनि आफूलाई भाग्यमानी ठान्नु स्वाभाविक नै हो । गीतमा तनहुँ र बाग्लुङलाई जोडीएपनि जुन जिल्लामा जन्मियो उही भाग्यमानी हो भन्छन् गायक सिग्देल । माया-प्रेम र जन्मभूमिको मायालाई सुन्दर ढंगले प्रस्तुत गरिएको गीत दर्शक,श्रोता ले मन पराउने अपेक्षा गरिएको गायक सिग्देलले वताए ।
दियो खबर । १९ मंसिर २०८१, बुधबार १९:०५