कालीकोट /‘’समृद्ध कालिकोटको प्रमुख आधार,व्यापार, कृर्षि,पर्यटन,संस्कृति र उद्योग पूर्वधार ‘’ भन्ने मूल नाराका साथ प्रथम कालीकोट महोत्सवको आज उद्घघाटन् भएको छ। जिरोपईन्ट देखी प्रतिमाचोक हुँदै भब्य रुपमा सांस्कृतिक ¥याली प्रदर्शन सहित जिल्ला संवन्य समितिको खुल्ला प्राड्गणमा परिणत भई कार्यक्रमको उद्घाटन गरिएको हो।
महोत्सव उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले उक्त महोत्सवको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ कालीकोटका अध्यक्ष रतन बहादुर शाहीले पहिलो पटक महोत्सवको आयोजना गरिएकाले साथ दिने सबैलाई धन्यवाद दिदै कालीकोटको कलासांस्कृतीको संरक्षण एवंम प्रवद्धन गर्ने र उत्पादित वस्तुको बजारीकरण गर्नु हामी सबैको दायित्व भएकाले स्थानिय कृषि वस्तुको प्रदर्शनि राख्न अनुरोध गरेका छन । कालीकोट जिल्लाका कृषकहरुले आ आफ्नो उत्पादित वस्तु राख्ने आयोजकले जनाएको छ ।कालीकोट जिल्लाका स्थानिय तथा राष्ट्रिय कलाकारहरुको समेत सहभागिता हुने बताइएको छ । महोत्सव आज अर्थात,मंसिर ११ गतेदेखी मंसिर १७ गतेसम्म जिल्ला संवन्य समितिको खुल्ला प्राड्गणमा सञ्चालन हुने भएको छ ।
प्रथम कालिकोट महोत्सवमा संविधान सभा सदस्य तुलाराज विष्ट, कर्णाली प्रदेश सभा सदस्य मा.दुर्गा वहादुर रावत,दक्षिणा शाही, पूर्व मन्त्री नेकपा एमालेका नेता कुर्मराज शाही,नेकपा एस कर्णाली प्रदेश कमिटी सचिव धिर वहादुर विष्ट, नेपाली कांग्रस कालिकोटका प्रमुख एवं प्रतिनिधि, नेकपा माओवादि केन्द्र प्रमुख एवं प्रतिनिधि,खाँडाचक्रका नगर प्रमुख कमल वहादुर शाही, राजनितिक दल ,सरकारी तथा गैर सरकारी ,संघ संस्था,सुरक्षा निकाय,पत्रकार, स्थानियहरुको वाक्लो सहभागिता रहेको पत्रकार कमल कुमालले जानकारी दिएका छन्।
दियो खबर । ११ मंसिर २०८१, मंगलवार १८:१०