१६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान सुरु

सुर्खेत/ ‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यको लागि एक्यबद्धता’ भन्ने मूल नाराका साथ कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका वडा-१ मान्मा वजारमा पंचे वाजा सहितको र्याली जिरोप्वाइन्ट वाट सुरु भएर योगी नरहरिनाथ चोकमा कोणशभा गरेर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको शुभारंभ गरेका छन्।लैङ्गिक रूपमा हुने हिंसा नियन्त्रणको लागि विश्वव्यापी अभियानको रूपमा लिइने यो दिवस मंसिर १० देखि सुरु भएर मंसिर २५ अर्थात् नोभेम्वर २५ देखि डिसेम्बर १० सम्म मनाइने गरिन्छ खाँडाचक्र नगरपालिकाको आयोजना र सरकारि तथा गैरसरकारी संघ संस्थाको साझेदारीमा लैङ्गिक हिंसा विरुद्धको अभियान संचालन गरिएको खाँडाचक्र नगरपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत अबिराज शाहीले वताए।

खाँडाचक्रका नगर प्रमुख कमल वहादुर शाहीले भने यो १६ दिनको अवधिमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवस पनि पर्ने भएकोले नेपालमा सरकारी तथा गैर सरकारी संस्थाले विभिन्न कार्यक्रमहरू गरी मनाउने गरेका छन् यस्ता कार्यक्रम लाइ सवैले आ-आफ्नो ठाउॅं वाट सहयोग गर्न पनि आह्र गरेका थिए। प्रहरीको तथ्याङ्क अनुसार नेपालमा महिला हिंसाको रूपमा महिलामाथि हुने घरेलु हिंसा, यौनजन्य हिंसा,आर्थिक तथा राजनीतिक हिंसा मुख्य रहेका छन् ।कार्यक्रममा जिल्ला स्थित राजनितिक दल,सरकारवाला निकाय,जनप्रतिनिधि,पत्रकार,सुरक्षाकर्मिको वाक्लो सहभागिता रहेको नेपाल पत्रकार महासंघ कालिकोट शाखा अध्यक्ष भरत राज विष्टले जानकारी दिनु भएको छ ।

तपाईको प्रतिक्रिया