सुर्खेत/कालिकोट जिल्ला खाँडाचक्रमा नगरपालीका सहितका स्थानीय तहका नागरिकलाई आजदेखि कोरोनाविरुद्धको ‘फाइजर’ खोप दिन थालिएको छ ।गाउॅंपालीका र नगरपालीकाका सबै वडामा आजदेखि कोरोनाविरुद्धको खोप अभियानका रुपमा लगाउन थालिएको जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी दिए।
अभियानमा १२ वर्षमाथि उमेर समूहका, हालसम्म कोरोनाको खोप नलगाएका र यसअघि खोप लगाएर एकवर्ष पुगिसकेका नागरिकलाई यो खोप दिन लागिएको हो ।“हाल कोरोना भाइरको सङ्क्रमण नरहेपनि यसको भेरियन्ट परिवर्तन भइरहँदा जोखिम हुनसक्छ”महतले भने, आज र भोली अभियान सञ्चालन हुनेछ।”खाँडाचक्रमा नगरपालीका ,रास्कोट नगरपालीका ,तिलागुफा नगरपालीका ,पलाता गाउॅंपालीका ,पचालझरना गाउॅंपालीका ,शुभकालीका गाउॅंपालीका ,नरहरिनाथ गाउॅंपालीका ,शान्नीत्रिवेणी गाउॅंपालीका र महावै गाउॅंपालीकामा अभियान सञ्चालन भएको महतले वताए । महतका अनुसार भोली पनि सञ्चालन हुने समेत वताए।
दियो खबर । ४ मंसिर २०८१, मंगलवार १८:५८