सर्वोत्कृष्ट नव देउडा गायिका तर्फको अवार्ड कालिकोटकी विपना लाई

सुर्खेत/ तेस्रो सुप इन्टरटेन्मेन्ट म्यूजिक अवार्ड २०८१ अन्तर्गत सर्वोत्कृष्ट नव देउडा गायिका तर्फको अवार्ड बाट यश वर्ष कालिकोटकी विपना सिंह सम्मानित हुनु भएको छ ।

सोमबार सुदूरपश्चिमको प्रदेश राजधानी धनगढीमा आयोजित भव्य समारोहमा प्रमुख अतिथि मुख्यमन्त्री राजेन्द्रसिं रावलबाट गायिका विपना लाई सो अवार्डद्वारा सम्मानित गरिएको हो । सुपरिचित र चर्चित नव गायिकाहरुको प्रतिस्पर्धामा विपनाको आवाजमा रहेको ” सुनौली कोल ” गीत सामेल गरिएको थियो ।कर्णाली र सुदूरका विकट गाउँ बस्तीका लाखौं दर्शकहरुका बिच प्रत्यक्षे देउडा खेलबाट सुपरिचित विपना सिंहले गायन तर्फपनि उत्कृष्ट लयमा उत्कृष्ट आवाज र शब्द प्रस्तुत गरेर झनै चर्चामा छिन् । अवार्ड वितरण गरिदा विपनाको प्रतिभा वारे प्रशंसा गरिनुका साथै सुदूर र कर्णालीको माटोमा जन्मिएका यस्ता कलाकारहरुको संरक्षणमा जोड दिइएको थियो ।विशेषगरी दर्शकहरुको भोटिङलाइ बढी आधार मानेर गायिकाहरुको प्रतिभा बारे प्रतिस्पर्धा गराइएको बताइएको छ । कार्यक्रममा वरिष्ठ देउडा गायक नरेन्द्रराज रेग्मी , भुवन दाहाल , संगीता शाह लगायत ८ जना गायक गायिकालाई सम्मानित गरिएको र गायिका निरुता खत्रि , अभिनयतर्फ तुल्छि विश्वकर्माका साथै उत्कृष्ट गायकहरुलाई पनि अवार्ड वितरण गरिएको छ । सुप इन्टरटेन्मेन्ट हाउस प्रालिका अनुप चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिस्पर्धाको लागि जुरी टिमको नेतृत्व गायक माधव बिष्टले गर्नु भएको थियो भने सुदूरपश्चिमको छलिया लगायतका नृत्यसहित सांस्कृतिक कार्यक्रम र बजार र्यालीबाट कार्यक्रमको गरिमा बढाइएको थियो ।

तपाईको प्रतिक्रिया