सुर्खेत /कालिकोट जिल्लामा बेलुका १० बजे सम्म मात्र देउसी भैलो खेल्न पाईने जिल्ला प्रशासन कार्यालय कालिकोट द्धारा जारी सुचनामा उल्लेख गरीएको छ ।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई द्धारा जारी सुचनामा नजिकै आईरहेको महान चाड दिपावली,भाईटीका, छटपर्व एवम ल्होसारको अवसरमा जिल्लाबासी सम्पुर्णलाई सुभकामना दिदै यस्तो निर्णय गरीएको हो । चाडपर्व मनाउने शिलशिलामा नेपाली समाजको संस्कृति, परम्परा, मर्यादा, अनुशासीत, विपरीत हुने गरी र छरछीमेक समाजको समग्र सान्ति सुब्यबस्था एवम अमन चयनमा खलल नपुग्नेगरी मनाउन आग्रह गर्दछौ,।साथै चाडपर्व मनाउदा आफ्रनो सास्कृतीक पहिचान कायम राखी बढी खर्चालु र मादक पदार्थको सेवन नगरी सभ्य, सुरक्षीत, मर्यादित र अनुकरणीय ढङ्गले मनाउन अनुरोभ गर्दछौ उक्त सुचनामा भनिएको छ ।तिहारको अबसरमा बिहान देखी बेलुका १० बजे सम्म मात्र संयमताका साथ देउसी भैलो लगाएतका नाचगान कार्यक्रम संचालन गर्न गराउन , तास, कौडा, जस्ता जुवाजन्य खेल नखेल्न र नखेलाउन, दिपावलिको समयमा दियो,मैनवत्ति, बाल्ने एवम बिद्युतिय उपकरणको प्रयोग अधिक हुने भएकाले विपद जन्य घटना घट्रन सक्ने जोखीम रहेकाले सवैले सचेत रहन सुचनामा भनिएको छ ।
दियो खबर । १५ कार्तिक २०८१, बिहीबार २२:२६