तिलागुफामा ट्रक दुर्घटना एक जनाको मृत्यु तिन घाइते

कालिकोट/कर्णाली राजमार्गअन्तर्गत कालीकोटमा मालवाहक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ट्रक दुर्घटना हुदाँ तिन जना घाईते भएका छन् । उक्त ट्रक सुर्खेत–जुम्ला सडक खण्ड पर्ने तिलागुफा नगरपालिका–५ खल्लागाडमा शनिवार दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यलय कालिकोटका प्रहरी नायव उपरिक्षक( डिएसपि )टेकबहादुर रावतका अनुसार बुटवलबाट जुम्ला जाँदै गरेको लु १ क ३९३० नम्बरको ट्रक खल्लागाड पुल नजिकैको मोडमा अनियन्त्रित भई दुर्घटना भएको बताउनुभयो।

‘भीरबाट ट्रक खोलामा खसेकाले चालकको घटनास्थलमै मृत्यु भएको छ,’ प्रमुख रावतले बताउनुभयो, दुर्घटनामा सहचालक एक बालक र एक महीला घाईते भएका छन् । ‘गाडीका कागजात नभेटिएकाले हालसम्म चालक सहित घाईतेको अझै सनाखत हुन सकेको डिएसपि रावतले वताए ।

तपाईको प्रतिक्रिया