कर्णाली राजमार्ग अवरुद्ध नागरिक अलपत्र

सुर्खेत /अविरल वर्षाको कारण कालिकोट जिल्लाको एसमोड र गगनेखोलामा पहिरो आउँदा बुधबार रातिदेखि आएको अविरल वर्षाको कारण राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोट जानकारी दिएको छ।
विशेषगरी वर्षाले कर्णाली राजमार्गअन्तर्गत शुभकालिका गाउँपालिका -१ खण्डको गगनेखोला ,एसमोड ,दहीखोलमा वारम्वार पहिरो जाने गरेको छ। यी जोखिम ठाउँहरुमा सडकको स्तरउन्नती सम्बन्धि निकायको ध्यान जान नसक्दा बर्षोदेखि कर्णालीका आम नागरिकले दुख पाउने गरेका छन्।
सडक बन्द हुँदा जुम्ला,मुगुबाट सुर्खेत,नेपालगन्ज र काठमाडौ जाने सवारीसाधन बिच बाटोमा रोकिदा सयौं यात्रुहरू अलपत्रमा परेका छन्।

तपाईको प्रतिक्रिया