माओवादी केन्द्र कालिकोटको जिल्ला संयोजकमा डिवि र सचिवमा विपिन

कालिकोट /नेकपा माओवादी केन्द्रकालिकोट जिल्ला संयोजकमा युवा नेता डम्बर बहादुर शाही(डिवि)ले जिम्मेवारी पाएका छन् । नेकपा मोओवादी केन्द्रको पकेट क्षेत्र मानिएको जिल्लाको नेतृत्व लागी निकै सकस भएको थियो । जिल्लाले नेतृत्व छान्न नसकेपछी अन्तत प्रदेश हुदै केन्द्रसम्म पुगेको थियो । जिल्ला संयोजकका लागी सान्नित्रिवेणी पुर्व गाउँपालिका अध्यक्ष डम्बर बहादुर शाही(डिवि) पुर्व पचालझरना गाउँपालिका अध्यक्ष खड्डराज सेजुवाल, नेता सरोज बोगटी ( बिपिन) खेमबहादुर सिंह (भिजन) महिला नृत्री शैलोजा बम ,मानबहादुर भण्डारी लगायतका नेताहरुको नाम जिल्लामा आएपछी नेतृत्व छान्न सकस भएको थियो ।
जिल्लाले छान्न नसकेपछी प्रदेश हुदै केन्द्रमा नामलिष्ट पुगेको थियो अन्तत नेता डम्बर बहादुर शाही(डिवि)लाई केन्द्रले जिल्ला संयोजक तोकेको मोओवादी केन्द्रका एक नेताले जानकारी वताए ।सचिवमा सरोज बोगटी ( बिपिन )लाई जिम्मेवारी दिएको उनले बताए । संयोजक जिम्मेवारी पाएका नेता शाही पुर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही निटक हुन् भने सचिव बोगटी कर्णाली प्रदेश निवर्तमान मन्त्री दुर्गा बहादुर रावत टिमका हुन्।

तपाईको प्रतिक्रिया