कर्मचारी मिलन केन्द्र कालिकोट द्वारा खाद्यान्न सहयोग

कालिकोट/निजामती सेवा दिवसको अवसरमा कर्मचारी मिलन केन्द्र कालिकोटले न्यानो काखसमाज  संस्था लाई खाद्यान्न सहयोग गरेको छ।आमा–बुबा गुमाएका अनाथ तथा सहाराविहीन रहेका बालबालिकालाई २१ औं निजामती सेवा दिवसको अवसरमा खाद्यान्न सहयोग गरिएको कर्मचारी मिलन केन्द्र कालिकोट अध्यक्ष कमल राज पाण्डेले वताए ।व्यावसायिक र सिर्जनशील प्रशासन बिकास ,समृद्धि र सुशासन भन्ने मूलनाराका साथ २१ औं निजामती सेवा दिवसमा,प्रमुख जिल्ला अधिकारी गणेश बहादुर नेपाली, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कालीकोटका प्रमुख कमलराज पाण्डे लगाएतका कर्मचारीहरुको उपस्थितीमा खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको हो ।हस्तान्तरण गरिएका सामग्रीमा १६ बोरा चामल,४ पेटी तेल,२ बोरा दाल,४ केजी चना,२ पेटी साबुन,४ केजी चिउरा एउटा स्पिकर,३ केजी स्याउ लगाएत हस्तान्तरण गरिएको कर्मचारी मिलन केन्द्र कालिकोटका सचिव कम्मर बहादुर बमले  दियो खबर लाइ वताए ।

तपाईको प्रतिक्रिया