गिरीको ‘चेलीको बेदना’ सार्वजनिक

सुर्खेत /जापान निवासी मञ्जु गिरीको ‘चेलीको बेदना’ बोलको तीज गीत सार्वजनिक भएको छ।
गिरीले आफ्नै युट्युब च्यानल manju Giri मार्फत शनिबार चेलीको बेदना सार्वजनिक गरेकी हुन्।उक्त गीतमा शब्द, संगीत र स्वर गिरीकै रहेको छ । गीतको भिडियोमा पनि गिरी आफैँले अभिनय गरेकी छन् । यसैगरी भिडियोको निर्देशन भने दिनेश पुरीले गरेका छन् ।जापानलाई कर्मभूमि बनाउँदै आएकी उनले उक्त गीतमार्फत परदेशी चेलीहरुको बेदना समावेश गरेकी छन् ।

तपाईको प्रतिक्रिया