बविता आचार्य।नेपालको स्वास्थ्य क्षेत्रका लागि ऐतिहासिक दिन हुने घोषणा गरे सँगै सरकारले स्थानीय तहसम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले मंगलबार स्थानीय तहमा अस्पताल भवन र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गर्ने भने सँग कर्णाली प्रदेश सभा सदस्य एवं संसदीय दलका सचेतक कुर्मराज शाही गृह जिल्लाको नरहरिनाथ गाउँपालिका पुगेका हुन। जनताको स्वास्थ्य सेवा नै प्रदेश सरकारको मुख्य लक्ष्य भएकाले नै स्थानीय तहमा १५शैययाको अस्पताल शिलान्यास गरेको शाहिको भनाइ रहेको छ।
नेपाल कम्युनिस्ट पाटी नेकपा कालिकोटका अध्यक्ष धनजित शाही , गाउँपालिका अध्यक्ष धिरबहादुर बिष्ट र उपाध्यक्ष मनशोभा बुढा ,प्रेस संगठन नेपाल कालिकोटका संयोजक भरत राज बिष्ट ,नेपाल पत्रकार महासंघका कालिकोटका उपाध्यक्ष नमराज योगि, लगाएतको सहभागीता रहेको थियो ।हस्पिटल र गाउँ पालिकाको भवनको सिलन्यास गर्ने सचेतक शाही पुगेका हुन्।
नरहिनाथ गाउँपालिकाका नागरिक प्रदेश सांसद र सचेतक भएकाले खुसी र अवसर सम्झिदै अस्पताल उद्घाटन गर्ने गाउँपालिका पुगेको सचेतक शाहीले बताए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ स्थानीय तह पाँचदेखि १५ शैययाको अस्पताल बनाउनका लागि थालेको हो ।
१५ शैययाको अस्पतालका लागि एक करोड संघ बाट आइसकेको बताएका छ्न्।उक्त कार्यक्रम नागरिक समाज ,राजनितीक दल,जनप्रतिनिधि , विभिन्न माध्यममा कार्यरत पत्रकार, उक्त कार्यक्रम को संचालन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपानेले गर्नुभयो थियो ।

दियो खबर । १७ मंसिर २०७७, बुधबार १४:०६