विपनाको पहिलो अफिसियल गीत सार्वजनिक

सुर्खेत/ कालिकोट जिल्ला घर भएकी अहिलेकि चर्चित तथा भाइरल गायिका विपना सिंहको पहिलो अफिसियल गीत सार्वजनिक भएको छ । अरे वा तिम्रो हाँसो ज्यान मारा छरे वा नामको गीत शुक्रवार सार्वजनिक भए सँगै व्यापक दर्शकहरुको मन जित्न सफल भएको छ ।विपना सिंह अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गीतमा विपना सँगै चर्चित गायक अर्जुन सापकोटा ले स्वर दिएका छन् भने शब्द सृजना हिक्मत शाही ” क्षितिज ” को रहेको छ । खगेन्द्र न्यौपाने द्वारा निर्देशित म्यूजिक भिडीयो देश तथा विदेशमा गुञ्जिने निश्चित रहेको भन्दै गीतलाई थप माया गरिदिन विपनाले दर्शकहरुमा आग्रह गरेकी छन् ।

तपाईको प्रतिक्रिया