कालीकोट कुल साक्षर दर ७२.७ प्रतिशत

सुर्खेत/कालीकोट जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने समीक्षा कार्यक्रम मान्ममा सक्किएको छ। जिल्लालाई शैक्षिक गुणस्तर अभिवृद्धि तथा साक्षर जिल्ला घोषणा गर्न जिल्ला स्तरीय समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई कालिकोटको आयोजनामा कार्यक्रम भएको हो।
जिल्लाको शैक्षिक गुणस्तर बारे सहभागीलाई जानकारी गराउने,जिल्लालाई पुर्ण साक्षर जिल्ला घोषणाको लागि बाँकी रहेका कामहरू कसरी पूरा गर्ने,शिक्षा क्षेत्रमा लगानी वृद्धिका बारेमा साझा प्रतिवद्वता गर्ने,जिल्लाको मौंजुदा साक्षरताको पहिचान गर्ने,विगत र वर्तमानको शैक्षिक अवस्थाको तुलनात्मक अध्ययन गरि भावी योजना तर्जमा गर्न सहयोग पराउने लगायतका विषयमा छलफल गर्ने, उदेश्यले कार्यक्रमको आयोजना गरिएको शिक्षा बिकास तथा समन्वय इकाई कालिकोटका निमित्त कार्यालय प्रमुख प्रकाशचन्द्र धितालले बताए ।
राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको कुल साक्षर दर ७२.७ प्रतिशत तथा महिला साक्षर ६५.८ र पुरूष साक्षर ७९.८ प्रतिशत रहेको र जिल्लामा २ सय ८६ सामुदायिक बिधालय र १४ वटा संस्थागत गरि जम्मा ३ सय ८ वटा बिधालय सञ्चालनमा रहेको पनि इकाई प्रमुख धितालले बताए ।हाल जिल्लामा ९ वटा स्थानीयतह मध्य नरहरिनाथ गाउँपालिका,महावै गाउँपालिका गरि दुई स्थानीयतह साक्षर पालिक घोषणा भएको र अन्य ७ स्थानीयतह हुन नसकेको धितालले बताए ।जिल्लामा शैक्षिक गुणस्तर कायम गर्न पहिला बालबालिकाका अभिभावक जवाफदेही र जिम्मेवारी हुनुपर्ने जिल्ला समन्वय समिति कालिकोटका प्रमुख धनजित बहादुर शाहीले बताए शाहीका अनुसार जिल्लामा शैक्षिक अवस्था सुधार गर्ने तिनै तहाका सरकारले ठोस नीति बनाए अगाडि बढ्नु पर्ने र उचित बजेट र बनेका ऐनकानुनको पनि प्रभाकारी कार्यान्वयन गर्नु पने प्रमुख शाहीले बताए ।
कालीकोटमा हालको एसईई को नतिजा हेर्दा आफू निकै चिन्तित भएको पनि शाहीले कार्यक्रममा बताए । जिल्ला समन्वय समिति कालिकोटका उप-प्रमुख मिना रावल बिश्वकर्मा,प्रमुख जिल्ला अधिकारी गणेश नेपाली ,जिल्ला स्थिति सुरक्षानिकाएका प्रमुख ,जिल्ला स्थित पालिका स्तरका युवा शिक्षा तथा खेलकुद शाखाका शाखा प्रमुख ,शिक्षक,बिधालय व्यवस्था समितिका अध्यक्ष , नागरिक समाज, पत्रकार तथा जिल्लाका सरोकार वालाको सहभागीतामा कार्यक्रम भएको हो।

तपाईको प्रतिक्रिया