एसईईको नतिजा आज

काठमाडौँ /राष्ट्रिय परीक्षा बोर्डले प्रत्येक विषयमा सैद्धान्तिक (लिखित) तर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थी ननग्रेडिङ हुने व्यवस्थाअनुसार पहिलो पटक एसईईको नतिजा आज (बिहीबार) सार्वजनिक गर्दै छ । बोर्डका अनुसार प्राविधिक जटिलताको अवस्थाबाहेक बिहीबार (आज) नै एसईई परीक्षाको नतिजा सार्वजनिक हुनेछ ।

बुधबार बोर्डका पदाधिकारीहरूलाई नतिजा प्रकाशनको तयारीबारे जानकारी गराएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए । बिहीबार बिहान बोर्डको बैठक बोलाइएको छ । बोर्डले निर्णय गरेपछि नतिजा प्रकाशित गरिने उनले बताए । गत चैत १५ देखि २७ गतेसम्म सञ्चालित परीक्षामा ४ लाख ७५ हजार परीक्षार्थी सहभागी थिए । तीमध्ये ४ लाख ४९ हजार साधारण धारतर्फका विद्यार्थी हुन् । १५ हजार प्राविधिक धारतर्फका विद्यार्थी छन् ।करिब ८ हजार विद्यार्थी परीक्षामा अनुपस्थित रहेको बोर्डले जनाएको छ ।

तपाईको प्रतिक्रिया