अपडेट

कालिकोट सुर्खेत सेवा समाजले अग्नि पिडित लाई एक लाख सम्मको राहत संकलन

बविता आचार्य।कालिकोट सुर्खेत सेवा समाजले राहत संकलन शुरु गरेको आज दोस्रो दिन हो। जिल्लाको तिलागुफा नगरपालिका वडा नम्बर ४ का अग्नि पिडितलाई कालिकोट स्थाई घर भएका सुर्खेतमा बस्दै आएका कालिकोटका युवाहरुले पिडितका लागि राहत संकलन शुरु गरेका छन् ।
कालिकोट सुर्खेत सेवा समाजका अध्यक्ष लोकेश पोख्रेल,महासचिव राजकुमार परियार,सदस्य खगेन्द्र मल्ल ,प्रदिप बोहोरा,हिक्मत सिंह,राम बहादुर बटला,सुजन बुढा ,पवन माझी,प्रेम प्रसाद चौलागाईं ,जीवन गिरी,परेक बटला,रामबहादुर मल्ल,बसराज बोहोरा,साझा घरका संचालक विनोद प्रसाद चौलागाईं लगाएत युवाहरुको पहलमा अग्नि पिडित लाई राहत संकलनमा जुटेका छन् ।
महासचिव राजकुमार परियारले अग्नी पिडितको पिडालाई कालिकोट सेवा समाजल आफ्नै पिडा भन्दै सहयोग गर्ने उद्देश्यले सुर्खेतमा रहेका बिभिन्न कार्यालय, संघ संस्था, ब्यापारी लगायत सहयोगि मनहरुबाट सक्दो सहयोग जुटाएर पिडित बस्ती लाई केही राहत हुने बताए ।गरिब लाई नै झन गरिब बाउने भयो ।
आफू जन्मभूमि संकटमा परेकाले थोरै भएपनी राहत संकलन गरेर पिडितलाइ सहयोग गर्नका लागि राहत संकलन अभियान शुरु गरेको कालिकोट सुर्खेत सेवा समाजका अध्यक्ष लोकेश पोख्रेलले दियो खबर डटकम संग बताए।
शनिवार बिहान राँचुलीमा आगलागी हुदा तीन घर परिवारका १३वटा घर जलेर नष्ट भएका थिए ।

तपाईको प्रतिक्रिया