अध्यक्षमा नेपाल र खनालको विकल्पमा भुषाल

टोकियो/नेकपा एकिकृत समाजवादिको १० औं महाअधिवेशन हुदै छ उक्त अधिवेशनमा अध्यक्षमा नेपाल र खनालको विकल्पमा भुषालको सम्भावना वढी रहेको छ यदि भुषाल अध्यक्ष भएको खण्डमा युवा पुस्ताले नेतृत्व लिन सक्ने सम्भावना रहेको छ ।

चार दशकयता पटकपटक पार्टी र सरकारको नेतृत्व तहमा रहेका माधवकुमार नेपाल र झलनाथ खनालले फेरि एकीकृत समाजवादीको अध्यक्ष बन्ने कसरत थालेका छन् । असार १६ देखि२० गते सम्म  काठमाडौंमा हुने समाजवादीको महाधिवेशनमा उनीहरू नै अध्यक्षको आकांक्षी देखिएका हुन् ।

समाजवादीको वर्तमान अध्यक्ष रहेका नेपाल पूर्ववर्ती पार्टी एमालेमा तीन पटक महासचिव (२०५० मदन भण्डारीको निधनपछि, २०५४, २०५९) र २०६५ मा वरिष्ठ नेता थिए । उनी २०६६ मा प्रधानमन्त्री भएका थिए । खनाल पञ्चायतकालमा २०३९ मा नेकपा मालेको महासचिव, एमालेको एक पटक अध्यक्ष (२०६५) भए । उनी एक पटक प्रधानमन्त्री (२०७६) बनिसकेका छन् । दुवै नेता निरन्तर पार्टी र राज्यशक्तिमा रहँदै आएका छन् । तथापि दुवै महाधिवेशनमा प्रमुख कार्यकारी पदको आकांक्षी देखिएका छन् ।

एमालेबाट २०७८ मा अलग भई एकीकृत समाजवादी गठन गरेपछि अध्यक्ष र सम्मानित नेता रहेका नेपाल र खनाल आगामी महाधिवेशनमा अध्यक्षको आकांक्षी देखिएपछि महासचिव घनश्याम भुसाललगायत दोस्रो पुस्ताका नेता हस्तक्षेप गर्ने तयारीमा छन् । एमालेबाट ‘विद्रोह’ गरेपछि नेपाल र खनाल पार्टी निर्माणभन्दा शक्ति प्राप्तिको लडाइँमा लागेको भन्दै युवा पुस्ताले नेतृत्वमा हस्तक्षेप गरेको एक नेताले वताए।

तपाईको प्रतिक्रिया