सम्पादकको पत्र बुझ्दै प्रधानमन्त्रीले लिए सिरोहिया पक्राउको जिम्मेवारी

काठमाडौं। कान्तिपुर प्रकाशक कैलाश सिरोहियाको गिरफ्तारीको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जिम्मेवारी लिएका छन्।

प्रमुख सञ्चारगृहका सम्पादकहरुले लेखेको संयुक्त पत्र बुझ्दै बुधबार अपराह्न प्रचण्डले अदालतको आदेश पालना गर्दै सिरोहियालाई समात्न प्रहरीलाई निर्देशन दिएको बताए ।

‘हिजो बिहानसम्म पनि म कैलाशजीलाई समाउने बेला भएको छैन, त्यसो नगरौं भन्नेमा नै थिएँ’, सम्पादकहरुको पत्र लिएर बालुवाटार पुगेको प्रतिनिधिमण्डल भेट्दै प्रधानमन्त्रीले भने, ‘तर अदालतले नै पक्राउ गर्न आदेश दिइसकेको अवस्थामा मैले त्यसो नगरौं भन्ने अवस्था भएन। त्यसैले कैलाशजीको पक्राउसम्बन्धी मैले जिम्मेवारी लिनुपर्छ, लिन्छु।’

उच्च स्रोतका अनुसार सिरोहियालाई नागरिकता मुद्दामा पक्राउ गर्न गृहमन्त्री रवि लामिछानेले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन दिएका थिए।

तपाईको प्रतिक्रिया