कैलाश सिरोहिया पक्राउ परेपछि एकीकृत समाजवादीद्वारा निन्दा

काठमाडौँ। कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि नेकपा (एकीकृत समाजवादीले निन्दा गरेको छ।

साथै एकीकृत समाजवादी पार्टीसँगै पत्रकार महासंघदेखि कानून व्यवसायी र वरिष्ठ पत्रकारहरूले निन्दा गरेका छन्। एकीकृत समाजवादी पार्टीका महासचिव घनश्याम भुसाललले मिडियालाई दबावमा राख्ने कुनै पनि प्रयास निन्दनीय रहेको बताएका छन्।

भुसालले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘प्रतिष्ठित सञ्चार गृह कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गरिएको घट्नाले प्रेस र राज्यकाबीच द्धन्द्ध सिर्जना गर्न खोजिएको देखिन्छ। मिडियालाई दबाबमा राख्ने कुनैपनि प्रयास निन्दनीय छ। यो कार्य कान्तिपुरको निडर पत्रकारिताविरुद्ध गरिएको षड्यन्त्र होइन भन्ने कुरा तुरुन्त प्रष्ट गर्नुपर्छ।’

तपाईको प्रतिक्रिया