काठमाडौँ। नेकपा (एकीकृत समाजवादी्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीति तमासा भइरहेको बताएका छन्।
शनिबार नेकपा (माओवादी केन्द्र)को पार्टी केन्द्रीय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय राजनीतिमा अत्यन्त व्यस्त भएको बताएका हुन्।
उनले राष्ट्रिय राजनीतिमा आफूहरूलाई बेवास्ता गरिरहेको पनि आरोप लगाए। उनले भने, ‘हाम्रो प्रधानमन्त्रीज्यू, अत्यन्तै बिजी हुनुहुन्छ । राष्ट्रिय राजनीतिमा उहाँ भन्दा बढी बिजी कोही पनि छँदै छैन होला । हमी त खाली तमासा हेरेर बस्ने मान्छे हो। हामी यी सबै घटनालाई नियालिरहेका छौँ । अवलोकन गरिरहेका छौँ । नेपालको राजनीतिले कुन कोर्स लिएर जाने हो, यो सबै कुराको सन्दर्भमा राम्रो दिशामा यो देशको राजनीति अघि बढोस् । हामी चाहन्छौँ, यो देशमा स्थायित्व कायम होस् र वामपन्थीहरूको कम्युनिस्टहरू बिचको एकता र समझदारी नयाँ उचाइमा पुगोस् ।’
अध्यक्ष नेपालले कम्युनिस्ट आन्दोलनलाई अघि बढाएर लैजाने ऐतिहासिक जिम्मेवारी आफूहरूको रहेको बताए ।

दियो खबर । ५ जेष्ठ २०८१, शनिबार २१:२९