अपडेट

एकीकृत समाजवादी: केन्द्रीय कमिटीको आठौं बैठक सम्पन्न

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटी बैठक महाधिवेशनमा प्रस्तुत गर्ने दस्ताबेजहरू पारित गर्दै सकिएको छ।

बैठकले पार्टीका दस्ताबेजसहित विभिन्न समसामयिक प्रस्ताव समेत पारित गरेको एकीकृत समाजवादी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

मंगलबार सुरु भएको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक, सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, उपाध्यक्ष बेदुराम भुसालले विधान संशोधन र महासचिव घनश्याम भुसालले सांगठनिक प्रतिवेदन पेस गरेका थिए ।

ती दस्ताबेजमाथि बुधबार १२ समूहमा विभाजित भएर केन्द्रीय सदस्यहरूले छलफल गरेका थिए। केन्द्रीय समितिले सबै महाधिवेशन प्रतिनिधिहरू चुनिएर आउनुपर्ने निर्णय पनि गरेको छ । सो पार्टीले दसौँ महाधिवेशन आगामी असार १६–२० काठमाडौँमा गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

तपाईको प्रतिक्रिया