टी-२० शृङ्खलाको अन्तिम खेलमा वेस्ट इन्डिज ६ विकेटले पराजित

काठमाडौँ। काठमाडौँमा जारी पाँच खेलको टी-२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज एलाई ६ विकेटले पराजित गरेको छ।

टीयू क्रिकेट मैदानमा वेस्ट इन्डिजले दिएको १७३ रनको लक्ष्य नेपालले १८.५ ओभरमा मात्र चार विकेट गुमाएर भेट्टायो। नेपालका लागि आसिफ शेख र अनिल साहले अर्धशतकीय पारी खेले। शेख र शाहले क्रमशः ५१ र ५८ रन बनाए।

कुशल मल्लले १८ बलमा ३७ रन बनाउँदै खेलको सुखद अन्त्य गरे। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो।

वेस्ट इन्डिजका लागि एलिक आथान्जेले सर्वाधिक ४२ रन बनाए। उनले २९ बलमा १ चौका र ३ छक्का हिर्काए। कप्तान रोस्ट चेसले २३ बलमा ३३ रन बनाए। त्यस्तै, ओपनर जोनसन चार्ल्सले २० बलमा २४ रन तथा म्याथ्यु फोर्डेले १२ बलमा २३ रनको योगदान दिए।

नेपालका सोमपाल कामी र सागर ढकालले तीनरतीन विकेट लिए। नेपालको १५ सदस्यीय टोली अब विश्वकपका लागि अमेरिका उड्नेछ।

तपाईको प्रतिक्रिया