अपडेट

कालिकोटमा सञ्चालिन सुफत मुल्य पसल बाट हाल सम्म १सय ६२ क्वीन्टल चामल विक्रि

कालिकोट ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय कालिकोटमा सञ्चालिन सुफत मुल्य पसल बाट हाल सम्म १सय ६२क्वीन्टल चामल विक्रि भएको छ ।
दशैँ तिहार छट लगाएतका चाड पर्वहरुलाई लक्षीत गरी गत असोज १६ गत्ते देखी सञ्चालन गरिएको सुफत मूल्य पसल बाट १ सय ६२ क्वीन्टल चामल विक्रि गरिएको हो । पसल बाट सबै भन्दा बढी इस्टीमा जिरा चामल विक्रि भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा प्रमुख रामशरण लामिछानेले बताउनुभयो । सुफत मूल्य पसल बाट हरेक चामलको मूल्यमा प्रति केजी ५ रुपैँया छुटमा विक्रि भैरहेको छ ।
शाखा प्रमुख लामिछानेका अनुसार अरु समयको भन्दा अहिले सुफत मूल्य पसल सञ्चालन गरिएपछी धेरै चामल विक्रि भएको छ । सुफत मूल्य पसल बाट जिल्लाका नागरिकहरु लाभान्वित भएका छन ।
चाड पर्वलाई लक्षीत गरी गत असोज देखी मंसिर ६ गत्ते सम्म सुफत मूल्य सञ्चालन गरेको भएपनि अहिले यसको अबधि थप गरिएको शाखा प्रमुख लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार सूफत मूल्य पसल अव आगामी माघ सम्म सञ्चालन हुने छ ।

तपाईको प्रतिक्रिया