अपडेट

समृद्धि हासिल गर्नु हाम्रो मुल कार्यभार हो: लक्ष्मी भुसाल

काठमाडौँ। अनेमसंघ (समाजवादी), लुम्बिनी कमिटी अध्यक्ष लक्ष्मी भुसालले श्रमको मूल्य निर्धारण गर्न व्यवहारिक र वैज्ञानिक विधि अपनाउनु पर्ने धारणा राखेकी छन्।

१३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष भुसाले उक्त कुरा बताएकी हुन्। अध्यक्ष भुसालले भनेकी छन्, ‘हामीले ठूलो संघर्ष र बलिदानबाट वर्तमान शासन व्यवस्था हासिल गरेका हौं। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुन्दर खाका कोर्ने शिलशिलामा उभिएका छौं।’

अध्यक्ष भुसालले आर्थिक, राजनीतिक, सामाजिक र साँस्कृतिक समृद्धि हासिल गर्नका निम्ति श्रमको सम्मान, सहअस्तित्व र सहकार्य आवश्यक रहने कुरामा जोड दिएकी छन्।

उनले अगाडि भनेकी छन्, ‘समाजवादोन्मुख संविधानमा टेकेर आर्थिक, राजनीतिक, सामाजिक र साँस्कृतिक समृद्धि हासिल गर्नुपर्ने हाम्रो मुल कार्यभार हो। यो सबै सम्भव तुल्याउनका निम्ति श्रमको सम्मान, सहअस्तित्व र सहकार्य पहिलो सर्त हो। श्रमको मूल्य निर्धारणमा व्यवहारिक र वैज्ञानिक विधि अपनाउनुपर्छ। यदि यसो गरेको खण्डमा महिला र पुरूषले पाउने ज्याला सम्मानजनक हुन्छ। १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना व्यक्त गर्दछु।’

तपाईको प्रतिक्रिया