गायक राजेश पायल राई पक्राउ

काठमाडौं। गायक राजेश पायल राई पक्राउ परेका छन्। मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राई गएराति पक्राउ परेका हुन्।

राजेश पायल राईसहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरी प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको काठमाडौं उपत्यकाका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए।

गएराति काठमाडौं उपत्यकाभरबाट १७२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरुमध्ये धेरैजसोलाई आफन्तको जिम्मा लगाइएको छ। गायक राईलाई पनि आफन्तको जिम्मा लगाउने प्रहरीको तयारी छ।

तपाईको प्रतिक्रिया