मन भक्कानि दिन्छ जब आमा सम्झिन्छु घर सम्झिन्छु
पूरा नभएका मेरा सपना, सङ्गै हुने मनका रहर सम्झिन्छु ।
थाकिसकेछन आमाका पैतालाहरु चल्नै छोडेछन हातहरु
तिनै हातले खुवाएको हिजोजस्तै लाग्छ भर्खर सम्झिन्छु ।
मेरो मुस्कान हेर्न आतुर हुने मेरी आमा आज आँशुमा छिन
केही गर्नै सक्दिन म लाचार छु आफैलाइ पथ्थर सम्झिन्छु ।
आमाको आँखामा आँशु मनभरी पीडा सहनै सक्दैन बिन्ती
जब आमाको चीत्कार सुन्छु मुटु काँपिदिन्छ थर्थर सम्झिन्छु ।
ए भगवान! साँच्चिकै तँ जिबित छस भने, एउटा चमत्कार गर्दे,
बचाइस आमालाई भने, पक्कै तँलाइ म जिबनभर सम्झिन्छु।
मदराज शाही “बिबश अकेला”
खाँडाचक्र नगरपालिका ३,ताडी कालिकोट ।
दियो खबर । ११ मंसिर २०७७, बिहीबार १४:२७