सहकारी प्रकरणमा गृहमन्त्रीविरुद्ध कांग्रेस आक्रामक

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमाथि निष्पक्ष अनुसन्धान हुनेमा विश्वास गर्न नसकिने बताएका छन्।

सोमबारको प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै महामन्त्री थापाले सहकारी ठगीमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेतृत्वको प्रहरी प्रशासनबाट त्यसको निष्पक्ष अनुसन्धान हुन्छ भनेर पत्याउन नसकिने बताएका छन्।

प्रतिपक्षको ठाउँबाट सहकारी काण्ड फासफुस हुने खतरा देखिएको उनको भनाइ थियो। हजारौँ मानिस सहकारीबाट पीडित छन्। पोखराको सुर्यदर्शन सहकारीले १९ हजार मानिसको १ अर्ब ३५ करोडभन्दा बढी पैसा अपचलनमा गरेको उनले बताए।

‘पोखरा महानगरपालिकाले अध्ययन गर्‍यो। अध्ययनको ८९ पेजको रिपोर्ट निकाल्यो। सय जना मानिसले नक्कली खाता खोलेर करिब १ अर्ब ३५ करोड रुपैयाँ अपचलन गरेका छन्। त्यो रिपोर्टको ८८ पृष्ठमा यसरी नक्कली खाता खोल्ने मानिसहरू मध्येको एउटा नाम हो रवि लामिछाने,’ थापा भन्छन् ,‘माननीय गृहमन्त्री रवि लामिछाने माननीय हुनुहुन्छ। भोलि प्रधानमन्त्री बन्नुहोला शुभकामना छ। बन्न पनि सक्नुहुन्छ। अलग विषय हो।’

रविको प्रस्टीकरणमा प्रश्न

सहकारीबाट लामिछानेले गैर कानुनी रूपमा एक करोड लिएको उनको दाबी छ। ‘सहकारीको सदस्य हुनुहुन्न। हाम्रो कानुनले भन्छ यो गैर कानुनी छ । उहाँको स्पष्टीकरण सुनेँ। तीन मिनेट बिस सेकेन्डको थियो। स्पष्टीकरणमा भनिएको छ,’ लामिछानेको प्रस्टीकरणमाथि प्रश्न उठाउँदै उनले भने, ‘कसैले मेरो नाम लग्यो होला मलाई थाहा छैन। यस्तै मान्ने हो भने सम्माननीय महोदय सय जनै मानिसको रिपोर्ट पढेँ। सय जनाले एक अर्ब रुपैयाँ लिएको प्रकृति यही हो । कसैको धितो छैन। कोही सहकारीको सदस्य होइन। कुनै प्रक्रिया पुर्‍याइएको छैन। एक अर्ब झ्वाम्म।’

यसरी एक जनालाई छोडिदिने हो भने सबैलाई छोड्नुपर्ने अवस्था आउने थापाको तर्क छ। ‘एउटा सहकारीको मात्र छोडेर हुँदैन । सबै सहकारीकालाई छोड्नुपर्छ। सरकार यो गर्न तयार हो?’ प्रधानमन्त्रीलाई थापाको प्रश्न छ।

रवि लामिछाने प्रबन्ध निर्देशक रहेको तत्कालीन गोरखा मिडियाले गैर कानुनी रूपमा पचासौँ करोड रुपियाँ लिएको उनले बताए । ‘सुर्यदर्शन, सुप्रिम, सहारा सहकारीबाट पचासौँ करोड लगिएको छ । हाम्रो कानुनको दफा ३० ले भन्छ— नाफा कमाउने कम्पनीले लिन पाउँदैन । गैर कानुनी हो । यो कम्पनी सञ्चालन गर्ने मान्छेलाई फौजदारी संहिताले भन्छ अपराध भइहाल्यो । यसले पचासौँ लिएर गएको छ । यो कम्पनीको शेयर होल्डर को रु जीवी राई, रवि लामिछाने रु,’ उनले भने ।

यसबारे पनि गृहमन्त्री लामिछानेले दिएको प्रस्टीकरणमाथि महामन्त्री थापाको प्रश्न छ । ‘त्यो प्रस्टीकरण ११ मिनेट ५३ सेकेन्डको थियो । त्यसपछि मेरा तीन वटा प्रश्न रहे । जो म प्रधानमन्त्रीलाई सोध्छु । २०७८ वैशाखदेखि ०७९ जेष्ठसम्म यसको सञ्चालक रवि लामिछाने पनि हुनुहुन्थ्यो । त्यो बेलामै सहकारीबाट दसौँ करोड लगिएको छ । जबकि एक सुक्का पनि लान पाइन्न । यो कम्पनी अहिले डुबिसक्यो,’ उनी भन्छन्, ‘स्पष्टीकरणमा भनिएको छ— मैले पैसा हालेको पनि छैन । मैले पैसा फिर्ता गरेको पनि छैन । बुटवलको सुप्रिम सहकारीबाट एक करोड रुपियाँ लिएर गएको छ । यो पनि गैर कानुनी छ । मैले फिर्ता लगिएको छैन भनिएको छ । कम्पनी रजिस्टारको कार्यालयमा तमसुक गरेर एक करोड असी लाख लिएर आएको सरकारी कागज बाहिर प्रमाणको रूपमा आएको छ । यो पनि गैर कानुनी छ ।’

ग्यालेक्सी टिभी जस्ता कम्पनीले लिएर गएको पैसा छोडिदिँदा खर्ब रुपियाँ छोड्नुपर्ने थापाको भनाइ छ । प्रधानमन्त्रीले रोष्टममा उभिएर सुनाएको कार्यदलको रिपोर्टले नै यस्तै कम्पनीमा गएर अर्बौँ रुपैयाँ फसेको सुनाएको उनले स्मरण गराए । ‘यो कम्पनीबाट पैसा जफत नगरीकन सककारी पीडितको पैसा फिर्ता गर्न सकिँदैन। हजारौँ मानिसको कुरा हो । एउटा व्यक्तिको कुरा होइन । यो अनुसन्धानको विषय बन्छ कि बन्दैन रु’ प्रधानमन्त्रीलाई उनको प्रश्न छ ।

मन्त्री थापाले प्रधानमन्त्री प्रचण्डले पोखराका पीडितहरूसँगको भेटमा सहकारी ठगीका सम्बन्धमा अनुसन्धान हुन्छ भनेको आफूले सुनेको तर विश्वास गर्न नसकेको बताए।

‘प्रधानमन्त्रीले हिजो पोखरामा भन्नुभएछ—अनुसन्धान गर्ने हो । तर, हाम्रो प्रश्नको अनुसन्धान कसले गर्ने हो ? हामीले भरखर सुन काण्ड हेरौँ । प्रहरीले अनुसन्धान गर्दा शक्तिशाली मान्छेलाई लुकाउँदो रहेछ। भरखर देखियो । प्रहरीले अनुसन्धान गर्दा कृष्णबहादुर महरा जस्ता नेताको त नाम पनि नलिने रहेछ । यहाँ त गृहमन्त्री आफै मुछिनु भएको छ। यसको अनुसन्धान कसरी हुन्छ रु हामीले विश्वास कसरी गर्ने हो ?,’ थापाको प्रश्न छ ।

जीवी राई लगायतको समूह समूहले अर्बौँ रुपियाँ अपचलन गरेको भन्दै सबैभन्दा ठुलो पैसा ग्यालेक्सी टिभीमा गएको उनको दाबी छ । ‘मैले थाहा पाएसम्म अरू थुप्रै शक्तिशाली नेताहरूको पनि नाम आउँछ । यदि राम्रोसँग अनुसन्धान हुने हो भने । अहिलेको प्रहरी प्रशासनले नियमित अनुसन्धान गर्न सक्छ भन्ने कुरा कसरी पत्याउने? हाम्रो यत्ति नै मात्र माग हो । सहकारीमा जसले ठगी गरेको छ । निष्पक्ष ढङ्गले अनुसन्धान होस् । कुनै एउटा प्रमाण नास नहोस् ,’ उनी भन्छन् ।

प्रहरीलाई पीडितहरूले जम्मा गरेर प्रमाण दिएको भन्दै त्यसमा मुछिएको मान्छेले अनुसन्धान गर्छ भनेर आफूहरूले कसरी पत्याउने भन्ने उनको एकोहोरो प्रश्न छ । ‘प्रधानमन्त्रीबाट हामीलाई जवाफ चाहिएको छ । हामीलाई त्यस्तो कुनै ओठे जवाफ होइन । यो प्रधानमन्त्री बनाइ दिने टाइपको जवाफ होइन । जिम्मेवारी बोधको साथ जवाफ चाहियो । म यो सदनबाट मेरो मित्र माननीय गृहमन्त्रीजीलाई पनि आग्रह गर्न चाहन्छु,’ उनले भने ।

यसलाई टुङ्ग्याउन दिएर दूधको— दूध पानीको पानी हुन दिनुपर्ने उनको तर्क छ । ‘नखाएको विषय लाग्नु हुँदैन । त्यसको पीडा मैले पनि भोगेको छु । यदि विष खाएको छैन भने लाग्नु हुँदैन । हामी कसैले पनि न्यायाधीश बनेर तँ दोषी भन्न पाउँदैनौँ । हामी कसैले भनेका छौँ भने त्यो गलत हो भन्छु । यदि दोष छैन भने लाञ्छनाबाट मुक्ति पाउनुपर्छ । आरोपबाट मुक्ति पाउनुपर्छ ,’ उनले भने ।

नयाँ आएको मन्त्रीलाई काम गर्न दिनु तयार रहेको भन्दै निष्पक्ष अनुसन्धानको विश्वास खोजेको महामन्त्री थापाको भनाइ छ । ‘मेरो अन्य दलहरूलाई पनि आग्रह छ । यो कुनै राजनीतिक आग्रह होइन । यहाँ कुनै केही कुरा भत्काउनु छैन । कसैलाई हटाउनु पनि छैन । यहाँ सुप्रिम, इमेज, शिव दर्शन, सुर्यदर्शन जस्ता सयौँ सहकारी पीडित तपाई हाम्रा मतदाता छन्,’ उनले भने, ‘तीनको पैसा फिर्ता गराउन सक्ने कि नसक्ने भन्ने तपाई हाम्रो प्रश्नको कुरा मात्रै हो । यो पैसा फिर्ता गराउने कुराको सन्दर्भमा अनुसन्धान सुरु भएको थियो।’

आफू मात्र नभई पहिले पनि सहकारी ठगी प्रकरणमा बोलिरहेको भन्दै अहिले अनुसन्धान प्रभावित होला भन्ने डर लागेका थप बोल्नुपरेको उनको भनाइ छ । ‘डर लाग्यो सम्माननीय सभामुख महोदय । नेपाली कांग्रेसलाई संसद बन्द गर्नु छैन । आगलागीको विषय छ । गुठी पीडितको विषय छ । कति विषय उठाउनु छ हामीलाई यहाँ । यो संसद् सबैभन्दा बढी हामीलाई चाहिएको छ । तर, संसद्को त्यो ९सत्ता पक्षको० रोष्टममा प्रधानमन्त्री चाहिएको छ । जवाफका साथ चाहिएको छ । हामीले खोजेको यति मात्रै हो ,’ उनले भने ।

विगतमा आफूले भुटानी शरणार्थी प्रकरणको विषयमा सत्ता पक्षको रोष्टमा उभिएर बोलेको उनले स्मरण गराए । ‘खुट्टा नकमाऊ सरकार । नेता होस् कि नाताको नछोड्नु भनेको हुँ। सुन काण्डका बेलामा नेकपा एमालेका साथीहरूले कुरा उठाउँदै गर्दा आयोग बनाउने कुरामा साथ दिएको हुँ । अस्ति भरखर मात्रै अख्तियारले अनुसन्धान गरेको मन्त्रीलाई मन्त्रीबाट हटाउन भन्दै गर्दा घर पठाऊ दिउँ भनेर बोलेको हुँ । तर यो बोल्दै गर्दा सत्ता पक्षमा थिएँ म । सिङ्गो सत्ता पक्ष उभियो कि उभिएन हेरिनँ मैले।’

सत्ता पक्षका सांसदलाई चुनौती

सहकारी ठगीको विषयमा सत्ता पक्षमा सांसदले पनि आफूले जस्तै आवाज चुनौती दिए । ‘आज म विश्वास गर्छु । मैले कुरा टुङ्ग्याइसकेपछि सत्ता पक्षबाट कोही उठ्नु हुन्छ र बोल्नुहुन्छ र भन्नुहुन्छ( नक्कली भुटानी शरणार्थी प्रकरण, बाँसबारी छाला जुत्ता प्रकरण, टेरामेक्स, एनसेल, सुन काण्ड एउटा काण्डमा पनि संलग्न भएको एक जनाले पनि उन्मुक्ति नपाओस्,’ उनले भने, ‘दाहिने बस्ने होस कि देब्रे बस्ने होस् । कसैले नपाओस् । नेता होस् कि नाता होस् कसैले नपाओस् । रुखको छाहरी मुनी बस्ने होस् कि घाम ताप्ने होस् कि हँसिया हतौडा बोक्ने होस् कि घण्टी बचाउने होस् । कसैले पनि उन्मुक्ति नपाओस् भन्ने हिम्मत हामी राख्छौँ कि राख्दैनौँ।’

पुराना काण्डको कुराकानी गर्दै गर्दा सहकारी काण्डमा पनि सत्ता पक्षका सांसदले शक्तिशाली, लोकप्रिय र नयाँले गल्ती गरेको भए अपराधबाट मुक्ति नपाओस् भन्न सक्नुपर्ने उनको भनाइ थियो ।

‘यति भन्ने हिम्मत हामी राख्छौँ कि राख्दैनौँ? यो सदनलाई प्रश्न पनि हो यो । यो कुनै एउटा पक्षको कुरा होइन । सिङ्गो सदनमाथिको विवेकको प्रश्न हो । त्यसैले यस ९सहकारी ठगी०को विषयमा हामी प्रधानमन्त्रीको जवाफ चाहन्छौँ ,’ महामन्त्री थापा भन्छन्, ‘यो विषयलाई यत्तिकै मर्न नदिन म सम्माननीय सभामुखलाई आग्रह गर्दछु । हामीलाई अनुसन्धान निष्पक्ष हुन्छ भन्ने कुरा विश्वास चाहिएको छ । प्रधानमन्त्रीले कसरी दिनुहुन्छ सुन्न चाहन्छौँ ।’

कांग्रेसले गृहमन्त्री लामिछानेमाथि प्रश्न उठाएर कुनै बखेडा झिक्न नखोसेको उनले प्रस्ट पारे । ‘सरकारलाई अप्ठ्यारो पार्न चाहँदैनौ । सदनलाई अप्ठ्यारो पार्न चाहँदैनौँ । हामी साथ दिन चाहन्छौँ । हामीसँग हिँड्न चाहन्छौँ । के हामीले उठाएको प्रश्न नाजायज छ । यी नेपाली कांग्रेसका निजी प्रश्न हुन रु सडकमा बसेका सहकारी पीडितले पैसा फिर्ता पाउनु पर्दैन रु,’ अन्तिममा पनि उनको प्रश्न छ ।

तपाईको प्रतिक्रिया