काठमाडौँ। त्रिकोणात्मक शृङ्खला खेल्नका हङकङ पुगेको नेपाली टोलीले आज घरेलु टिमको सामना गर्ने भएको छ।
हङकङस्थित तीन क्वाङ रोड रिक्रियसन मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ। नेपाल, हङकङ र पपुवा न्युगिनी सहभागी सिरिज आजबाट सुरु हुन लागेको हो। त्रिकोणात्मक सिरिजमा नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग खेल्नेछ। फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुनेछ।
त्यसअघि नेपालले हिजो हङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो। सो खेलमा नेपाल ७३ रनले पराजित भएको थियो। हङकङले प्रस्तुत गरेको २ सय १३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल मात्र १६।४ ओभरमा १ सय ३९ रनमा समेटिएको हो।
दियो खबर । २७ फाल्गुन २०८०, आईतवार ०८:००