खुमन अधिकारीले जिते दर्शककाे मन

सुर्खेत / कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर  सुर्खेतमा फागुन १५ गते देखि सञ्चालन भएकाे  तेस्रो कर्णाली एक्सपोमा आज १० औँ दिनकाे प्रस्तुति राष्ट्रिय लोक तथा दोहोरी गाएक खुमन अधिकारीकाे मुख्य आकर्षणमा सम्पन्न भएकाे छ ।

अधिकारीकाे प्रस्तुतिमा करिब २५ देखि ३० हजार दर्सकहरुकाे सहभागीता रहेको थियाे ।अधिकारीले आफ्नाे प्रस्तुति ट्रयाक बिनानै “मनको देउतै देखि लगेर यउटौ डोरी पासो लगाम भो हुदै कपाल कोर्ने काईयो र एक समय युवा पुस्तामा एकदमै रुचाईएकाे गित त्यो मन रुन्न होला र सम्म गाएका थिए ।

ट्रयाकमा भने “मायालुले भिरेको झोलाः मैले भिर्ने होला कि न होला बाट शुरु गरि लाईभ दोहोरीमा बिभिन्न चर्चित दर्जनाै गितहरु गायर दर्षकको मन जित्न सफल भएका थिए ।

जुन माया सुर्खेतमा दर्सकहरुले देखाउनु भयाे त्यसैलाई हेरेर बुझ्न सकिन्छ कि अधिकारी लाेक तथा दाेहाेरि गित, एकल गित,प्रेमिल गित लगायत लाईभ दाेहाेरिमा निकै चर्चामा आएका कलाकार हुन् । भाेलि ११ औँ दिनकाे प्रस्तुति चर्चित आधुनिक गितका गायक प्रमाेद खरेलकाे रहने छ ।

तपाईको प्रतिक्रिया