काठमाडौँ। त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने भएको छ।
आइतबार वर्षाको कारण नामिबिया र नेदरल्यान्ड्सबीचको खेल रद्द हुँदा दुबै टोलीले १-१ अंक बाँडेका छन्। नामिबियासँग अंक बाँडेपछि नेदरल्यान्ड्स ५ अंकसहित शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको छ। दोस्रो भएको नेपालको ४ अंक छ। बराबरीपछि नामिबियाको ३ अंक मात्र भएको छ।
त्रिवि क्रिकेट मैदानमा आइतबार नेदरल्याण्ड्सविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबिया १५ ओभरमा ९८-४ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो।
केहि समयमा वर्षा रोकिएपछि कभर हटाउन खोजिएको थियो। तर, पुन वर्षा भएपछि खेल रद्द भएको हो। नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्स र नामिवियाका कप्तान जेजे स्मिथलाई बोलाएर म्याच खेल नहुने जनाएका हुन्।
दुबै टोलीका कप्तान र प्रशिक्षक हात मिलाएर फर्किएका छन्। खेल नहुने भएपछि दुबै टोलीका खेलाडीले ड्रेसिङ रुममा हात मिलाएका छन्।
दियो खबर । २० फाल्गुन २०८०, आईतवार १६:३५