जता जान्न भन्यो उतै गैदिन्छ जीवन ।
अनेकौ दुख कष्ट हरु सहि दिन्छ जीवन ।
धेरै चोट हरु लुकेका छन् यो मन भित्र
रमाउन खोज्छु उदास भैदिन्छ जीवन ।
आफ्नै गाउँ अनि शहर भुलेर ।
आफ्नै नाम अनि थर भुलेर
परिवारको खुशी खातिर पसिना
रगत बेचीरहे छु परदेशमा आफन्नै रहर भुलेर।
मुना आचार्य खाँडाचक्र नगरपालिका १,कालिकोट
दियो खबर । ७ मंसिर २०७७, आईतवार १३:३२