अपडेट

नेपाल फेस्टिवल २०२४ फुकुओकामा हुने

टोकियो/नेपाल फेस्टिबल फुकुओकाको गैर आवासीय नेपाली संघ क्षेत्रीय कार्यसमिति क्युस्युको नेतृत्वमा क्युस्युमा अवस्थित संघ संस्थाको सहभागितामा ६ अप्रिल २०२४ शनिबार फुकुओका शहरको तेन्जिगं सेन्ट्रल पार्कमा नेपाल फेस्टिवल फुकुओका २०२४ आयोजना गरिने भएको छ ।

आयोजक समितिका संयोजक विवेक बुढाथोकीका अनुसार जापानी समुदायमा नेपालको कला, संस्कृती, भेषभुषा, पहिचानको प्रर्वद्धन गर्नुका साथै फेस्टिवलको माध्यमबाट पयर्टन प्रर्वद्धनमा टेवा पुर्याउने लक्ष्य लिइएको बताउनु भएको छ।

यस वर्षको फेस्टिवलमा विशेष गरी जापानी नागरिकहरुलाई लक्षित गरेर फेस्टिवलका स्टल र कला संस्कृतिहरु प्रदर्शन गरिने भएको छ।
फुकुओकाको जापान सरकारका निकायहरुको प्रत्यक्ष सहयोग र संलग्नता फेस्टिवलमा रहने छ । जस अन्तर्गत अध्यागमन एजेन्सीले जानकारी प्रदान गर्ने हेल्प डेस्क राखे, स्थानिय फुकुओका केन, फुकुओका सि लगायत स्थानिय निकायहरुको सहयोग र सहकार्य गर्दै जापानी भोलेन्टियर संस्थाहरुसँगको समन्वय रहनेछ ।

१ दिने नेपाल फेस्टिवलमा १० हजार भन्दा बढि व्यक्तिहरुको उपस्थिति रहने अपेक्षा गरिएकोमा २ हजार जापानी नागरिकहरु प्रत्यक्ष उपस्थित गराउने लक्ष्य सहित प्रचारप्रसार सुरुवात गर्न लागिएको छ।

तपाईको प्रतिक्रिया