चितवनको घटनाले नेकपाका नेता कार्यकर्ताको शिर झुक्याएको छ

कालिकोट।सत्तारूढ दल नेपाल कम्युनिस्ट पाटी(नेकपा )को भातृ संगठन अनेरास्ववियूका नेता सुदेश पराजुलीले सामाजिक संजाल मार्फत आफ्नो धारणा राखेका छन् ।असल राजनीतिक मान्यता संस्कारले नै हामिलाई सुन्दर धरातलमा अवतरण गराउछ ।”मौरीको संगतले महमा,झिंगाको संगतले फोहरमा”। चितवनमा नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा पुर्व अर्थमन्त्री आदरणीय नेता कमरेड सुरेन्द्र प्रसाद पाण्डे सहभागी बैठकमा केहि अराजक गतिविधिले नेपाल कम्युनिस्ट पार्टीका तमाम नेता कार्यकर्ताहरुको शिर झुकेको छ । यस्ता घटनाको जति निन्दा भर्त्सना गरे पनि कमि भने भएको छैन।पार्टी भित्रको गुटबन्दी,समुह बन्दि त्यसै पनि हानिकारक,खराब,नराम्रो हो,त्यसमा पनि झनै अराजक गतिविधि र यस्ता गतिविधिलाई मलजल गर्ने कार्य अझै भन्ने नै हो भने प्रत्यक्ष,अप्रत्यक्ष निर्देशन,सहभागीता जस्ता गलत र घृणित कार्य हुन् यस्तो गलत बाटोबाट आफ्नो घरको खरानी बाहेक केहि प्राप्त हुँदै हुदैन् भनेर दियो खबर डटकम लाई बताए ।

तपाईको प्रतिक्रिया