भाइरल विपना सिंह पहिलोपटक गायको दोहोरीनै इन्द्रेणीमा सुपरहिट

काठमाण्डौं । देउडा खेलाडीको पहिचानमा चिनिने विपना सिंहले पहिलोपटक गायको दोहोरी इन्द्रेणी कार्यक्रम मार्फत भाइरल बनेको छ ।
आइतबार मात्रै इन्द्रेणी कार्यक्रमको पर्दामा सार्वजनिक गीतले दशौंलाख भ्यूज सहित भाइरल बनेर दर्शकको मन जितेको छ ।
बुवाले देउडा गीत गाउनु भनेको र आमाले दोहोरी कस्तो हुने रहेछ विचार गर्नु भन्ने सुझाव दिएको वताउने विपनाका अनुसार विचार गर्ने उद्देश्यले गायको लोक दोहोरीनै सुपरहिट बनिदिएको छ । विपनाले दोहोरी गायको उनकै जिल्ला कालिकोट वासीले समेत देखेकै थिएनन् ।
इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कंडेलले विपनाको देउडा व्याटल र लोक दोहोरीको उच्च प्रशंसा गर्दै यस्तो छोरी जन्माउने आफ्नो साथि चित्रसिंह गाउँलेलाई धन्यवाद दिएका छन् । दोहोरीमा विपना सँगै प्रतिस्प्रधामा देखिने चर्चित गायक छत्र शाही भन्दापनि विपनाको शब्द मार्मिक र कडा देखिन्छन् ।
एकाएक विपना भाइरल हुने भिडीयो सार्वजनिक भएपछि आम कालिकोटवासी खुशी हुँदै सामाजिक सञ्जालबाट बधाइको ओइरो लागिरहेको छ भने देश विदेशबाट बधाई र शुभकामना दिने क्रम अत्यधिक छ । कालिकोट महावै गाउँपालिका वडा नं – ४ निवासी १८ वर्षीया विपना सिंह सुर्खेत पुगेर बुवाले नाइट वसमा चढाइदिएपछि एकहप्ता अघिमात्रै काठमाण्डौ गएकि थिई । प्लेनमा पठाउन खोज्दा आँखा रिग्दाछन् , अहिलेसम्म चढेकि पनि छैन , बसमै जान्छु भनेर छोरी काठमाण्डौं को यात्रामा गई भन्ने बुवा गाउँले छ‍ोरीको प्रतिमा बाट आफू चकित परेको वताउनु हुन्छ । महावै गाउँपालिका – ६ कुनी जितुवाडा गाउँमा रत्यौली हेर्ने भनेर एमाले नेता वीरेन्द्र शाहीको साथमा गएकी छोरीले रत्यौली हेर्नुको साटो पहिलोपटक देउडा खेलेर खसी उपहार ल्याएको स्मरण गर्दै छोरीको इन्द्रेणी प्रवेश झनै सम्मान लायक बनिदिएको वताउनु हुन्छ ।

तपाईको प्रतिक्रिया