अपडेट

एकीकृत समाजवादी विवादको चर्मोत्कर्षमा

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) भित्र विवाद तीव्र बन्दै गएको छ।

यतिबेला जबजलाई लिएर पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच वैचारिक वाक युद्ध चलिरहेको छ। त्यस्तै पार्टीको कर्णाली प्रदेश कमिटीको आन्तरिक विवादले सीमा नाघ्ने अवस्थामा पुगेको एक स्रोतले बताएको छ।

स्रोतकाअनुसार कर्णाली प्रदेशका इन्चार्ज तथा भौतिक मन्त्री प्रकाश ज्वाला र प्रदेश कमिटी अध्यक्ष अम्मर थापा चरम व्यक्तिवादी, पक्षपाती बनेको भन्दै अधिकांश नेताहरूले कमिटी भंग गरेर महाधिवेशन कमिटी गठन गर्न पार्टी अध्यक्ष नेपाल र महासचिव घनश्याम भुसाललाई राखेर पार्टी कार्यालयमै वैठक बसेका छन्।

पार्टीका पोलिटब्यूरो सदस्य चन्दबहादुर शाहीको नेतृत्वमा कर्णालीका अधिकांश नेताहरूले कर्णालीको पार्टी धरापमा पार्ने काममा ज्वाला र थापाको रवैया जिम्मेवार रहेको आरोप लगाएका छन्।

आ्इतबार पार्टीको केन्द्रीय कार्यालयमा भेला भएका नेताहरूलाई पार्टी अध्यक्ष नेपाल र महासचिव भुसालले अप्रिय निर्णय नलिन र विवाद समाधान गर्नेमा आफूहरू सकारात्मक भएको बताएका थिए।

पार्टीका केन्द्रीय सदस्य हस्त बहादुर शाहीले कर्णालीका नेताहरू पार्टी अध्यक्ष नेपालसँग बसेको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।

तपाईको प्रतिक्रिया